पाल्पामा दुर्घटनामा चालक र सहचालकको मृत्यु

२०८० फाल्गुन ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, ७ फागुन । पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु२ख ५६१ नं को टिपर दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको हो ।

रुपन्देहीको खैरेनीबाट माथागढी–५ धामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको टिपर माथागढी गाउँपालिका–५ आर्थोकघाटस्थित रहवास खैरेनी सडकखण्डमा आज उक्त टिपर दुर्घटना भएको हो ।

उक्त घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय