मिटरब्याज र लघुवित्त पीडितहरु राष्ट्र बैंकमा धर्ना

२०८० फाल्गुन ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ९ फागुन । मिटरब्याज र लघुवित्त पीडितहरुले बालुवाटारस्थीत राष्ट्र बैंकमा धर्ना दिएका छन् ।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालको अगुवाईमा देशका बिभिन्न स्थानबाट काठमाडौं आएका पिडितहरुले बुधबार सिफलबाट मार्चपास गर्दै बालुवाटार पुगेर धर्ना दिएका हुन् । सो क्रममा उनीहरुले लघुवित्तले मिटरब्याजको ऋणमा फसाएको भन्दै लघुवित्त र वित्तिय संस्था खारेज गर्न माग गरेका थिए ।

संघर्ष समितिले सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर, आम गरिव किसानलाई निशुल्क ऋणको व्यवस्था गर लगाएतका नौ बुदे माग अघि सारेका छन् । लघुवित्तपीडितले आफ्ना मागहरु राज्यले सुन्नुपर्ने भन्दै मागको सुनुवाई नभएसम्म नफर्किने जनाएाक छन् ।

मिटरब्याज र लघुवित्त पीडितलाइ तीन वर्षदेखि सरकारले आश्वासन दिएपनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय