सुर्खेत, २२ फागुन । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिन लागेको हो ।
आज दिउँसो मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउने तयारी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले जानकारी दिए ।