सरकारमा जानुअघि छलफल नगरेकामा रास्वपाभित्र असन्तुष्टि

२०८० फाल्गुन २८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२८ फागुन । सरकारमा जाने विषयमा पार्टीभित्र छलफल नगरिएकामा भित्र असन्तुष्टि देखिएको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुनुअघि पार्टीमा छलफल नभएको भन्दै केही गुनासा आएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार पार्टीमा औपचारिक छलफल नगरी सरकारमा गएकामा केही केन्द्रीय सदस्यले चासो व्यक्त गरेका थिए ।

‘शत प्रतिशत सन्तुष्टि र स्वीकार्यता कहीँ पनि हुँदैन । अलि अलि असन्तुष्टि गर्ने कुरालाई सकारात्मक नै लिन्छौं’, उनले अनलाइनखबरसँग भने, ‘सरकारमा जान नहुने मत लगभग थिएन । छलफल गरेर निर्णय गरेको भए हुन्थियो भन्ने मत थिए ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय