पर्यटकीय गन्तव्य स्थल बन्दै उत्तरवाहिनी क्षेत्र

२०८० चैत्र २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

समिक्षा बस्याल
स्याङ्जा,२ चैत । स्याङ्‌जा जिल्ला गल्याङ नगरपालिका १ मालुङ्‌गा र पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा न १ असेर्दिको संगम स्थल रमणीय कालीगण्डकी उत्तरबाहिनी क्षेत्र धार्मिक सांस्कृतिक,पर्यटकीय गन्तव्य स्थलकाे रूपका पछिल्लाे समय निकै विकास हुदै आएको छ ।

धार्मिक तथा बैज्ञानिक हिसाबले निकै महत्त्व मानिने उक्त क्षेत्र यसअघि खासै प्रचारप्रसारमा आउन सकेको थिएन । प्रचारप्रसारका कारण ओझेलमा परेको उक्त ठाउँलाई धार्मिक सांस्कृतिक,पर्यटकीय गन्तव्य स्थलकारुपमा विकास गर्ने उदेश्य अनुरुप २०७२ साल बाट श्री कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले औपचारिक सुरुवात गरेको थियो । प्रतिष्ठानले सुरु गरे लगत्तै यस क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले धेरैको रोजाइमा पर्दै आएको छ ।

प्रतिष्ठानले स्थापनादेखि नै उक्त क्षेत्रमा स्वास्थ्य, शिक्षा, संस्कृति, संस्कार, योग साधना लगायतका कार्यहरु गर्दै आएको प्रतिष्ठानका सस्थापक सचीव सोमनाथ न्यौपानेले हेर्नेकुरा डटकमलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो “धार्मिक तथा बैज्ञानिक हिसाबले निकै महत्त्व मानिएको यस क्षेत्रको विकासको लागी श्री कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान, प्राकृतिक अस्पताल एवम् श्री कालीगण्डकी गुरुकुलम स्थापना गरि विभिन्न कार्य गर्दै आएका छौ ।”

प्रतिष्ठानले संस्कार र संस्कृतिको संरक्षण गर्दै उत्तरबाहिनी क्षेत्रमा प्राकृतिक अस्पताल एवम् आधुनिक गुरुकुल सञ्चालन गर्ने प्रतिवद्ध‌ता गरे अनुसार गुरुकुल सञ्चालनमा अइरहेको उहाँले जानकारी दिनुभयो । न्यौपानेका अनुसार उक्त क्षेत्रमा प्राकृतिक अस्पताल पनि छिट्टै संचालन हुने तयारीमा छ । कालीगण्डकी करिब ३ किलोमिटर उत्तरतर्फ फकिएर वगेको उत्तरबाहिनी क्षेत्रमा ऊ कार चक्र शिला, पण शिव लिङ, शिवमन्दिर आदिले धार्मिक आकर्षण गराएको छ ।

यसका साथै धार्मिक पर्यटकलाई आकर्षित गर्न उहाँ रहेको ऐतिहासिक शखेपिपल परिसरमा १०८ धारा, गुफा, हिमाल, विशाल शख, सिंहको आकृति सहित मुक्तीनाथ क्षेत्र जस्तै संरचना बनाउने कार्य अगाडी बढिरहेको छ न्यौपानेले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो ।

यस क्षेत्रको विकासमा स्थानीय निकाय प्रदेश र संघीय सरकारबाट भएका साथ सहयोगमा अझ थप सहयोग प्राप्त भएमा उत्तरवाहिनी क्षेत्र लाई शिक्षा, स्वास्थ्य,धर्म संस्कृति र पर्यटनलाई संगसंगै अगाडी बढाउन सकिनेछ । यता तर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय