स्याङ्जाको कालीगण्डकीमा रहेको जनता मा विलाई कार्यसम्पादनमा ६०%

२०८० चैत्र ३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सिजल राना
स्याङ्जा, ३ चैत । कालीगण्डकी गाउपालिका वडा नं ४ मा अवस्थित श्री जनता मा वि  नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परिक्षण केन्द्रद्वारा विद्यालय कार्यसम्पादन परिक्षण सम्बन्धी नतिजा प्रबोडिकरण कार्यक्रम सम्पन्न भएको छ।

सो नतिजा ४ दिन विद्यालयको निगरानीमा रहेर पूर्व शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गुरु प्रसाद पौडेलले विद्यालयको विविध कुराहरू संकलन गर्नुभएको थियो। कालीगण्डकी गाउँपालिकाको विभिन्न सामुदायीक विद्यालयको नतिजा पालैपालो दिने क्रममा शुक्रबार जनता माविको पालो रहेको थियो । उक्त कार्यक्रममा विद्यालयका प्र .अ ,सहायक प्र .अ विभिन्न शिक्षक,अविभावक,विद्यालयको समितीका अध्यक्ष,तथा सदस्यहरु, वडा नं ४ का अध्यक्ष र विद्यालयका कक्षा १२ का विद्यार्थीको उपस्थिति रहेको थियो।

गुरु प्रसाद पौडेलले विद्यालयको नतिजा प्रस्तूतको क्रममा विद्यालयका सबल अथवा नराम्रा सुधार गर्नु पर्ने पक्षहरुको सुझाव दिँदै विद्यालयका पठन पाठन देखि लिएर सम्पूर्ण विद्यालयमा हुनु पर्ने नगर्नु पर्ने कार्यको कुल मुल्यांकन गरी, विद्यालयको अवस्था (कुल ६० ५ ) सामान्य स्थरमा रहेको बताउनुभयो।

निरीक्षकले उक्त नातिजाको मूल्यांकन विद्यालयको निगरानीमा रहेर मात्र नभई उक्त विद्यालमा अध्ययनरत विद्यार्थीसँग र अभिभावकहरुको अन्तर्वार्ताद्वारा पनि मूल्यांकन गरिएको कुरा बताउनुभयो। सो कार्यक्रममा स्याङ्जा जिल्लामा भएको पालिका स्तरीय खेलकुदमा जनता माविका विद्यार्थीले सहभागी भई भलिवल र कपर्दिमा प्रथम स्थान हासिल गरेकोमा सहभागी खेलाडीलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रमको अन्तिममा निरीक्षकले आफूले नतिजा सुनाउँदा कहीं कतै त्रुटि भए माफी पाउ भन्दै र विद्यालयले आफ्नो कमी कमजोरीलाई आगामी दिनमा सुधार्ने आशा र सुझाव दिँदै आफ्नो भनाइ अन्त्य गर्नुभयो । कार्यक्रम समापनको अन्तिम चरणमा विद्यालयको प्र .अ आंशिक गुरुङलाई विद्यालय कार्यसम्पादन परीक्षणको लिखित नतिजाको पुस्तक निरिक्षेकद्वारा हस्तान्तरण गरिएको थियो ।

सहायक प्र अ चिन्तामणी अधिकारीद्वारा विद्यालयले प्राप्त उक्त परिक्षण नतिजा स्वीकारेको र नराम्रा पक्षलाई सुधार्ने प्रयास जारी रहनेछ भनि आफ्ना केही भनाइ राख्नु भयो। विद्यालयका समिति अध्यक्ष श्याम पाण्डेद्वारा निरिक्षेकलाई  सम्मान गरी उक्त कार्यक्रम समापन घोषणा गर्नु भयो

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय