श्री जनता मा. विमा छात्रवृती वितरण कार्यक्रम सम्पन्न

२०८० चैत्र ३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सिजल राना
स्याङ्जा, २ चैत । कालीगण्डकी गाउँपालिका वडा नं ४ मा अवस्थित श्री जनता मा .वि ले शैक्षिक सत्र २०८० को छात्रवृती कार्यक्रम सम्पन्न गरेको छ ।

राज्यले प्रदान गर्दै आइरहेको आधारभूत छात्रा,आधारभूत दलित र अपाङ्ग गरी विभिन्न शीर्षकमा छात्रवृती कार्यक्रम यसै विद्यालयले सम्पन्न गरेको हो। उक्त कार्यक्रमको उद्घोषण विद्यालयका प्र.अ चिन्तामणी अधिकारीद्वारा भएको थियो भने विद्यालय व्यवस्थापक समिति अध्यक्ष श्याम प्रसाद पाण्डे ,वडा नं ४ का अध्यक्ष यादव पाण्डे लगायत वि .व्य. स सदस्यहरू ,शिक्षक अभिभावक संघ तथा निर्माण समिति को उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा छात्र वृत्ति कक्षा ६ देखि ८ सम्म का विद्यार्थीलाई प्रदान गरिएको थेयो। कार्यक्रमको व्यवस्थापन उक्त विद्यालयका लेखापाल श्री चिरनजीवी न्यौपानेले गर्नु भएको थियो। कार्यक्रमको अन्तिममा निर्माण समितिमा मनोनित बाबुराम पाण्डेलाई जनता मावि की प्रधानाध्यापक अन्सिका गुरूङले स्वागत तथा धन्यवाद दिई कार्यक्रम समापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय