माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

२०८० चैत्र ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

पूर्व समाभुख कृष्णबहादुर महरा सवार यती एयरलाइन्सको विमान काठमाडौंमा अवतरण भएको छ । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी)बसन्त कुँवरले जानकारी दिनुभयो । उहाँलाई काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिँदै छ ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालयमा लाँदैछन् । भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय