महासचिवमा स्याङ्जा चोपेन्द्र सहितको नयाँ कार्यसमिति बन्यो भिटोफ नेपालको

२०८० चैत्र १८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा,१८ चैत । गाउँ पर्यटन प्रवर्द्धन मंच नेपाल (भिटोफ) काे २५ औं साधारणसभा तथा बाह्रौं अधिवेशन बाट स्याङ्जा भिरकोटका चोपेन्द्र खड्का महासचिवमा सर्वसम्मत चयन हुनु भएको छ ।

काठमाडौको गोकर्ण हाउस रिसोर्टमा शुक्रबार सम्पन्न भएको साधारणसभाबाट शकुन्तला देवकोटाको अध्यक्षताम नयाँ कार्यसमिति बनेको हो । जसको प्रथम उपाध्यक्षमा हरिशरण थपलिया, उपाध्यक्षमा मनहरी दाहाल,महासचिवमा चोपेन्द्र खड्का, सचीवमा विनोद वस्ती कोषाध्यक्षमा रघुनाथ पौंडेल, सह कोषाध्यक्षमा नवराज तिवारी र सदस्यहरुमा सागर आचार्य,सृष्टि भण्डारी,प्रज्वल आचार्य,रामेश्वर चौधरी रहनु भएको छ भने अध्यक्षले चार मनोनीत गरि पन्ध्र सदस्यीय समिति बनाइने छ ।

स्याङ्जाको भिरकोट नगरपालिका ३ घर हुनु भएका खड्का सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति हुनुहुन्छ । १७ बर्ष पर्यटन क्षेत्रमा खर्चिनु भएका उहाँ स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति,बानेथोक देउराली विकास समाज,भिरकोट सेवा समाज,बास्तारा समाज,गुरु गोरखनाथ एकै परिवार,गृहस्त धार्मिक सेवा सदन,काश्यप गोत्रीय घिमिरे खड्का समाज नेपाल लगायत दर्जनौं समाजमा काम गरिसक्नु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको आजिबन सदस्य समेत रहनु भएका उहाँ गित संगीतमा समेत उत्तिकै रुचि राख्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय