स्याङ्जा उद्योग बाणिज्य संघको रक्तदान,३५ युनिट रगत संकलन

२०८० चैत्र २३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा,२३ चैत । स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघ र नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको संयुक्त आयोजनामा स्याङ्जाको सहिद चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिहीबार राखिएको उक्त रक्तदान कार्यक्रम स्याङ्जा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले स्याङ्जाका अस्पतालहरुमा रगतको अभाव भएको र अभाव पूर्तिको लागि उद्योग बाणिज्य संघलाई अनुरोध गरेको बताउनुभयो। यसै अनुरोधलाई आत्मसाथ गरी रक्तदान कार्यक्रम भएकोमा खुशी व्यक्त गर्दै आयोजकलाई शुभकामना दिनुभयो।

रक्तदान कार्यक्रम अन्तर्गत ३५ युनिट रगत संकलन भएको जानकारी उद्योग बाणिज्य संघका महासचिव रविन केसीले बताउनुभयो। उहाले कार्यक्रममा उद्योग बाणिज्य संघ समिति सक्रिय रुपमा सहभागी भई कार्यक्रम सफल बनाएकोमा आभारी रहेको जानकारी दिँदै समिति अलावा वालिङ्ग नगरपालिकाको मेयर कृष्ण खाण र अन्य व्यक्तित्वहरू पनि सहभागी भएर रक्त दान गर्नुभयो यसमा आयोजक समुह खुशी भएको जानकारी गराउनुभयो।

स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापति दिनेश अर्यालले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन उद्योग बाणिज्य संघका महासचिव रविन केसीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय