निजामतीमा अब्बल स्याङ्जा हाल वैदेशिक रोजगारमा अब्बल बन्यो : सांसद थापा

२०८० चैत्र २३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा,२३ चैत । निजामती सेवामा अब्बल मानिएको स्याङ्जा जिल्लामा पछिल्लो समय वैदेशिक रोजगारमा जानेकाे संख्या बढ्दै गएकाे नेपाली काङ्ग्रेस स्याङ्जाका जिल्ला सभापति सांसद राजु थापाले बताउनु भएकाे छ । बुधबार प्रतिनिधि सभाको छलफलमा बोल्दै सांसद थापाले पछिल्लाे समय निजामती प्रति रूचि घट्दै गएकाे बताउनुभएकाे हाे ।

सुरुवातको समयमा बाह्र पढेपछि लोकसेवाको तयारी रहने स्याङ्जा जिल्लामा वर्तमानमा आएर कुन देश जानको लागि तयार गर्ने भन्ने विषयमा युवा पुस्ताको रोजाई रहेको बताउनुभयो ।

स्याङ्जा जिल्ला प्रशासनिक क्षेत्रमा अब्बल मानिदै आए पनि निजामती सेवामा हालमा भने युवा पुस्ताको रोजाईमा कमी आएको उहाँकाे भनाइ थियाे । त्यसैगरी निजामती ऐनका कारणले पनि समस्या आएको उहाँकाे तर्क थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय