स्याङ्जामा उद्योग बाणिज्य संघ,चेम्बर अफ कमर्स र प्रहरीबिच छलफल

२०८१ बैशाख १२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का

स्याङ्जा ,१२ वैशाख । नेपाल प्रहरीका सेवा निवृत्त वरिष्ठ प्रहरी अधिकृतको विशेष उपस्थितिमा स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघ र स्याङ्जा चेम्बर अफ कमर्सका संयुक्त व्यवस्थापनमा सुरक्षा तथा न्याय सर्वेक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघको कक्षमा मंगलबार सम्पन्न भएको हाे।

कार्यक्रममा नेपाल प्रहरीका पूर्व ए आई जी सुरेन्द्र बहादुर शाह, पूर्व ए आई जी बम बहादुर भण्डारी लगायत सुरक्षा बिज्ञहरुले व्यवसायीहरुको सुरक्षा र न्याय सर्वेक्षण विषयमा राय सुझाबहरु लिनु भएको थियो। कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघ र स्याङ्जा चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको स्याङ्जा उद्योग बाणिज्य संघका महासचिव रविन केसीले जानकारी दिनुभयाे।

सहभागी संघबाट कृषि क्षेत्रको हालमा रहेको समस्या ,व्यवसायिहरुको समस्या , ट्राफिक समस्या, महिला हिँसा, बाल विवाह ,वनजङ्गल कटानी समस्या जस्ता विषयमा नीति नियम एकातिर भइरहेको छ भने समाजमा व्यवहार अलग किसिमको रहेको र यसको लागि समाधानको मार्ग अपनाउनु पर्ने विषयमा छलफल भएको थियो।

कति नीति नियम सबैलाई मान्ने अवस्था रहेका छैनन् भने कति नियमले समस्या बनाएका छन् । त्यसैले न्यायिक हिसाबमा सबैलाई समेट्ने किसिमबाट नीति नियम आउन जरुरी छ समस्या समाधानको लागी कसरी समाज अनुकूल बनाउन सकिन्छ र न्यायिक तवरमा आउँदो दिनमा कसरी सञ्चालन गरेर अघि बढ्न सकिन्छ जस्ता विषयमा न्यायलाई समाधान सङ्ग जोड्न के के गर्नुपर्छ भन्ने विषयमा अन्तर्क्रिया भएको थियो।

कृषिको हालको अवस्था हेर्ने हो भने बाँदर आतंकले प्रभावित छ। तर बाँदर मार्न पाइँदैन । यो किसानको लागि समस्या भएको छ। यसको समाधान के त भन्ने कृषकको समस्या हो । यसलाई व्यवस्थित बनाउन सरकारले पहल गर्नुपर्ने माग देखिन्छ। त्यस्तै गरी व्यवसायी हरुको लागि ट्राफिक नियम सम्बन्धी समस्या छ । सामान लोड गर्दा ट्राफिक प्रहरी समस्या बन्ने स्थिति देखिन्छ। व्यवसायीले सहज रुपमा सामग्री ल्याउन लैजान नपाउनु समस्या रह्यो । जङ्गल झाँगिएको छ रुख काट्न पाउँदैन । कृषकका समस्या व्यवसायीका समस्या महिला हिँसा हक अधिकारको विषयमा समाजमा देखिएका समस्या सम्बन्धी छलफल र सहभागी समुहको राय संकलन भएको थियो ।

बाल विवाह गर्नुहुँदैन भनेर उमेरको हिसाबमा २० वर्ष हदबन्दी तोकेको छ भने २० वर्ष नपुग्दै विबाह गर्नु समस्या भएको छ । यी यस्ता विषयलाई ध्यानाकर्षण गर्दै अन्तरक्रिया भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय