खिइँदै एमाले २८ महिनामा तीन लाख १० हजार सदस्य घटे

२०८१ बैशाख १३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, १३ वैशाख । २८ महिनाको अन्तरालमा एमालेका करिब तीन लाख १० हजार सदस्य घटेका छन् । ०७८ मंसिरमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा आठ लाख ५६ हजार सदस्य यकिन गरेको एमालेले ८ र ९ वैशाखमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा भने संगठित सदस्य संख्या पाँच लाख ४६ हजार ६ सय ९५ जना रहेको तथ्यांक पेस गरेको छ ।

दशौँ महाधिवेशनलगत्तै व्यवस्थित अभिलेखका लागि सदस्यता नवीकरण अभियान चलाएको एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस गरेको प्रतिवेदनमा पछिल्लो सदस्य संख्या जानकारी गराएको हो । यसबीचमा तीन लाख नौ हजार तीन सय पाँच सदस्य घटेका छन् । दशौँ महाधिवेशनका वेला पार्टी विभाजनका कारण एकीकृत समाजवादी र माओवादीतिर गएका तथा निष्क्रिय रहेकाकोेसमेत तथ्यांकलाई आधार मानेर सदस्यता यकिन गरिएकाले अहिले तथ्यांकमा धेरै फरक परेको एमालेको तर्क छ । तर, नेकपा विघटनपछि मात्रै एमालेले दशौँ महाधिवेशन गरेको थियो ।

दशौँ महाधिवेशनको अव्यवस्थित अभिलेख र एमालेको अनुमानलाई आधार मान्ने हो भने करिब एक लाख ७१ हजार दुई सय सदस्य नेकपा एसतिर लागेका छन् । यसबाहेक एक लाख ३८ हजार एक सय पाँच सदस्यले नवीकरण गरेका छैनन् । यसरी नवीकरण नगर्नेहरूलाई एमालेले निष्क्रिय सदस्यका रूपमा चित्रित गरेको छ ।

कुन प्रदेशमा कति मतदाता ? कति पार्टी सदस्य ?
कोशी प्रदेशमा ३३ लाख ९६ हजार आठ सय ६५ मतदाताको २ दशमलव ८१ प्रतिशत अर्थात् ९५ हजार चार सय ८१ जना मात्र पार्टी सदस्य रहेका छन् ।

त्यस्तै, मधेस प्रदेशमा ३३ लाख ८७ हजार आठ सय आठ मतदाताको २ दशमलव जिरो सात प्रतिशत अर्थात् ७० हजार ७० जना पार्टी सदस्य छन् । बागमती प्रदेशमा ३४ लाख ७१ हजार चार सय ९२ मतदाताको तीन दशमलव १५ प्रतिशत अर्थात् दुई लाख आठ हजार दुई सय ८९ पार्टी सदस्य छन् । गण्डकी प्रदेशमा १८ लाख ६ हजार पाँच सय ८५ मतदाताको तीन दशमलव ५२ प्रतिशत अर्थात् ६३ हजार पाँच सय ७३ जना पार्टी सदस्य छन् ।

यसैगरी लुम्बिनीमा ३२ लाख ४९ हजार ६ सय ३५ जना मतदाताको २ दशमलव ५५ प्रतिशत अर्थात् दुई लाख ९४ हजार नौ सय ७८ जना पार्टी सदस्य छन् ।

कर्णालीमा १० लाख आठ हजार चार सय तीन मतदाताको पाँच दशमलव १६ प्रतिशत अर्थात् ६० हजार पाँच सय चारजना पार्टी सदस्य छन् । सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाताको तीन दशमलव २३ प्रतिशत अर्थात् ९९ हजार चार सय ८० जना पार्टी सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय