बटुवामा दूधको अनुदान रकम वितरण

२०८१ बैशाख १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

संगम भण्डारी

स्याङ्जा, १५ वैशाख । दुध बेचेबापत गल्याङ नगरपालिकाले कृषकलाई अनुदान स्वरूप प्रति लिटर १५ का दरले उपलब्ध गराउँदै आएको रकम शनिबार एक कार्यक्रममा वितरण गरिएको छ । स्याङ्जाको गल्याङ्ग नगरपालिका २ बटुवाका ३७ जना कृषकलाई पालिकाले अनुदान उपलब्ध गराएको हो।

“हाम्रो कृषक हाम्रो सान दुधमा अनुदान” भन्ने मूल नारा सहित संस्थानमा दुध बेचेबापत कृषकलाई गल्याङ नगरपालिकाले समयसमयमा अनुदान रकम उपलब्ध गराउँदै आएको छ। श्री बटुवा दुग्ध सहकारी संस्थामा दुध बेचेका कृषकलाई कार्तिक १ गते देखि पौष २९ गते सम्मको पैसा उपलब्ध गराएको हो ।

उक्त दुग्ध सहकारी संस्थाका अध्यक्ष भीमप्रसाद भण्डारीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । यसै वडाका वडा अध्यक्ष खर्गबहादुर थापा प्रमुख अतिथि र यसै वडाका वडा सदस्य डोलराज भण्डारीकाे विशिष्ट  अतिथि थगेन्द्र सोमै र कार्यक्रम सञ्चालक डिल्लीराम भण्डारी लगायतको उपस्थितिमा उक्त रकम वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा गल्याङ नगरपालिका २ का वडा अध्यक्ष खर्गबहादुर थापाले नगरपालिकाले यति राम्रो कार्यक्रम ल्याएको छ यसप्रति हामी सक्रिय भएर दूध अझै उत्पादन गरेर यही बिक्री वितरण गर्न सकिने बताउनुभयो । उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो वडाबाट चाहिने साथ सहयोगमा वडा निरन्तर लागिरहनेछ भन्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय