बुटवलमा गर्मी बढेपछि विद्यालय २ दिन विदा

२०८१ बैशाख २०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवल,२० बैशाख । बुटवलमा केही दिन यता निकै गर्मी बढेपछि विद्यालयहरु २ दिनका लागि बन्द गरिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालका अनुसार विद्यालयहरुले गर्न पाउने वार्षिक विदाबाट कट्टी हुने गरी यही वैशाख २० र २१ गतेका लागि विदा दिइएको छ ।

केही दिन देखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा पनि चल्न थालेकाले विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने संभावना देखिएको भन्दै विदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ । गर्मी बढेपछि विद्यालय बन्द गरिएपनि कक्षा १२ का परिक्षाहरु भने यथावत रुपमा सञ्चालन हुने छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय