स्याङ्जा हरिनाशमा करणीको आरोपमा एक पक्राऊ

२०८१ जेष्ठ १, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, १ जेठ । स्याङ्जाको हरिनास गाउँपालिकामा १५ वर्षिय बालिकालाई करणी गरेको आरोपमा एक पक्राउ परेका छन ।

हरिनास गाउँपालिका वडा नम्बर ३ सिरिनडाडा बसोबास गर्ने रीम बहादुर थापाले महिलालाई डर त्रास देखाएर जबरजस्ती करणी गरी गर्भवती बनाएको हुँदा कानुनबमोजिम सजाय गराई पाउ भन्ने व्यहोराको जाहेरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो।

जसमा महिलाको यथार्थ नाम ठेगाना राखिएको छैन भने यसलाई परिवर्तित नाम ०८०/०८१ आँधीखोला ९८ भनी राखिएको छ । घटनाको बारेमा महिलाको दाजुले जाहेरी दिएको प्रहरी स्रोतबाट खुल्न गएको छ । घटना २०८० साल कार्तिक महिनाको राती अन्दाजी १०:०० बजेको समय भएको समेत सूचना अधिकारीले जानकारी गराउनु भएको छ।

स्याङ्जा जिल्ला अदालतबाट दश दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी रानाले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय