कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै

२०८१ जेष्ठ ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक डाकेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेर संसद अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार