श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ अर्ब १० करोड बजेट बिनियोजन

२०८१ जेष्ठ १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१५ जेठ । सरकारले वैदेशिक रोजगारीमा गएकालाई बिनाधितो ऋण सुविधा दिने कार्यक्रम ल्याउने भएको छ ।

आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले वैदेशिक रोजगारीमा गएकाहरुले बैंक खातामा रेमिट्यान्स पठाए बिनाधितो ऋण सुविधा दिने कार्यक्रम ल्याउने जानकारी दिनुभयो । वैदेशिक रोजगारीलाई व्यवस्थित गरिने र आगामी आर्थिक वर्षमा तीन वटा रोजगारका गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिने जानकारी दिनुभयो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ अर्ब १० करोड बजेट बिनियोजन गरिएको उहाले बताउनुभयो ।

त्यस्तै अर्थमन्त्री पुनले मंगलबार स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्नका लागि १ अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने जानकारी दिनुभयो । उहाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । उहाले बचत तथा ऋण सहकारीलाई नियमन गर्न नियमनकारी निकाय स्थापना गर्ने बताउनुभयो । सहकारीमा पाँच लाख रुपैयाँसम्म बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम सरकारले फिर्ता गर्ने गरि योजना तयार गरिने उहाले बताउनुभयो । उहाले पाँच लाख भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने पनि घोषणा पनि गर्नुभयो ।

मन्त्री पुनले सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट छुट्टाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय