मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

२०८१ जेष्ठ २९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुर ,२९ जेठ। मधेस प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम आज आउने भएको छ । मंगलबार २ बजे बस्ने मधेस प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

असार १ गते वार्षिक बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार त्यसअघि सरकारले नीति तथा कार्यक्रम संसदमा पेस गर्ने गरिन्छ । नीति तथा कार्यक्रमको आधारमा सरकारले बजेट निर्माण गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय