कवाडी व्यवसायीलाई भने सबै कवाडी बालेनको घर अगाडि थुपारिदिनु : अमरेश

२०८१ असार ५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ५ असार । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरूले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडि लगेर थुपारिदिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाए जस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडि थुपारिदिन आग्रह गरेका हुन् ।

उनले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको भन्दै यसलाई आफूले मधेशीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरेका छन् ।

उनले काठमाडौँमा हुने आन्दोलनमा अन्य र मधेशीमाथि विभेद हुने गरेको बताउँदै डा. सिंहले अरु आन्दोलनमा पानीको फोहोरा हान्ने प्रहरीले मधेशीको प्रदर्शनमा लाठी बर्साएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय