काठमाडौं ५,असार । प्रभु बैंकका ग्राहकले पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सेन्टर र प्रभु बैंकबीच बुधबार भएको सझौता अनुसार ग्राहकले छुट पाउने भएकाे हाे ।
सम्झौतामा सेन्टरका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र बैंकका तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमति प्रदेश दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभयाे ।
सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्डप्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले सेन्टरमा उपचार सेवा लिँदा इन-हाउस रुटिन टेस्टमा २५% छुट इन-हाउस स्पेशलाइजेशनमा २०% छुट पाउने छन् । यसैगरी, आउटसोर्समा १०% छुट र एक्स-रे, USG, ECG, ECHO मा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा भिलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।