मालुङ्गाको विद्यालयमा पुरस्कार तथा छात्रवृत्ति वितरण

२०८१ असार ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

संगम भण्डारी
स्याङ्जा, ८ असार। स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गामा रहेको श्री सार्वजनिक नमुना माध्यमिक विद्यालयमा छात्रावृत्ति तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। विद्यालयमा शैक्षिक सत्र २०८० मा अध्ययन गरेका विद्यार्थीहरूलाई एक समारोहका बीच छात्रावृत्ति र पुरस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक चुरामणि पाण्डेले जानकारी दिनुभयो।

उक्त कार्यक्रममा बोल्दै गल्याङ्ग नगरपालिका १ का वडा अध्यक्ष मणिप्रसाद बस्यालले विद्यार्थीहरूको प्रतिभा बढाउन गरिब तथा जेनदार विद्यार्थीलाई सो पुरस्कार वितरण गराइएको बताउनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघका पदाधिकारी र गल्याङ नगरपालिका १ का वडाध्यक्ष, वडा सदस्य सहितको उपस्थिती रहेको थियो। सो कार्यक्रम सञ्चालन शिक्षक सोमनाथ न्यौपानेले गर्नुभएको थियो।

विद्यालयमा छात्र छात्रासहित १०३ जना विद्यार्थीहरूलाई छात्रावृत्ति सहित पुरस्कार प्रदान गरिएको विद्यालयको लेखापाल भीमकुमारी भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय