गैरकानुनी ढंगले नेपाली महिलालाई कुवेत पठाउने काम रोकौँ : उपसभापति गुरुङ

२०८१ असार १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ १० असार । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली महिलालाई कुवेतमा गैरकानुनी रूपमा पठाउने काम रोक्न सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ । सोमबारको प्रतिनिधिसभा बैठकमा उपसभापति गुरुङले पछिल्लो ६ महिनामा १० हजार नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पठाउने काम भएको बताउनुभयाे ।

‘पछिल्लो ६ महिनाभित्र १० हजार नेपाली महिला दिदी बहिनीहरु गैरकानुनी बाटोबाट त्यहाँ (कुवेत) पुगेको सूचना प्राप्त भयो । कुवेतमा घरेलु कामदार पठाउन बन्द गरौँ । सरकारले ढोका बन्द गरे पनि झ्याल खुला राखिदियो । झ्याल खुल्ला राखिदिँदा नेपाली दिदी बहिनीले साह्रै दुःख पाइराखेका छन्,’ उहाँले भन्नुभयाे।

नेपाली महिला दिदी बहिनीलाई नेपालबाट सेटिङ गरेर दुबई हुँदै कुवेत पुर्‍याउने काम रोक्न सरकारको पूर्ण रुपमा ध्यानाकृष्ट हुनुपर्ने गुरुङले बताउनुभयाे । ‘महिला दिदी बहिनीलाई गैरकानुनी रूपमा कुवेत पुर्‍याउने कार्य तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराउँदछु,’ उहाँले भन्नुभयाे ।

कुवेतमा ४१ हजार नेपाली महिला रहेका भन्दै यी मध्य २७ हजार महिला दिदी बिहिनी गैरकानुनी रहेको गुरुङले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय