लमजुङमा पहिरोले एकको मृत्यु, चार बेपत्ता, दुई घाइते

२०८१ असार १२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लमजुङ ,१२ असार ।  लमजुङको बेसीसहर नगरपालिका-११ चिति स्याउतमा गएराति पहिरोले पुरिंदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेका छन्।

पहिरोमा परी उनका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएका छन्।  घाइते दुबै जनालाई उपचारका लागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा विकलको बाटोमै मृत्यु भएको हो।

यसैगरी लमजुङको क्ब्होंलासोथर गाउँपालिका-३ उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति गएको पहिरोमा परी ४ जनाको बेपत्ता भएका छन्।

वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाउँदा चारजना बेपत्ता भएका हुन्।

पहिरोमा परी ६९ वर्षीय रूद्रमान गुरूङ, बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरूङ, दुई नातिनीहरू ७ वर्षीया ईच्छा गुरूङ र ५ वर्षीया नम्रता गुरूङ बेपत्ता छन्।

रूद्रमानको श्रीमती लिलाकुमारी, पञ्चकुमारीका छोरा ९ वर्षीय निरज छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडासदस्य घलेले जनकारी दिए। पहिरोमा परि चित्रका भाइ ३६ वर्षीय भिमबहादुर घले भने घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय