पर्चुगलमा बस्दै आएका चार हजार नेपाली सरकार कारण अनागरीक हुँदै

२०८१ असार २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

काठमाडौ,२६ असार । पर्चुगलमा बस्दै आएका रुपन्देहीका बालकृष्ण खनालको पासपोर्टको मिति २०२४ जुन १० गते सकियो, त्यहीँ बस्दै आएका स्याङ्जाजा खेम प्रसाद भट्टराईको पनि २०२४ मे ३ मा पासपोर्टको मिति सकिएको छ,मोरङका राजु परिवारको पनि पासपोर्टको मिति सकिसकेको छ । खनाल,भट्टराई र परिवार त पासपोर्टको मिति सकिने प्रतिनिधि पात्र मात्रै हुन् ।

यसरी पासपोर्टको मिति सकिने नेपालीको संख्या बढ्दै गएको भन्दै पर्चुगलमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) पर्चुगलले सरकारको पटकपटक ध्यानाकर्षण गराउदै आएको छ । यस बिसयमा जानकार रहेको सरकारले पनि दूतावास खोल्ने निर्णय गर्यो,राजदुत पनि नियुक्ति गर्यो, अहिलेसम्म न राजदुत त्यहाँ पुगे,न दूतावास नै खुल्यो । पासपोर्टको म्याद सकिने नागरिकको संख्या दिनानुदिन बढेको समयमा सरकार भने विभिन्न बहाना बाट आफ्ना नागरिकको जिम्मेवारी बाट उम्कन खोजेको छ ।

पर्चुगल पुगेका नेपाली नागरिकको हालको प्रमुख समस्या पासपोर्टको मिति सकिने रहेको र यस बारेमा पटकपटक सरकारको ध्यानाकर्षण गर्दा पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको एनआरएन पर्चुगलका अध्यक्ष उमेश कुमार खड्काको भनाइ छ । उहाँले भन्नुभयाे ‘यहाँ यसरी पासपोर्टको म्याद सकिने नागरिक यहाँ तीन हजारको हाराहारीमा हुनुहुन्छ । एक महिनामासम्म म्याद हुनेको संख्या पनि गणना गर्ने हो भने यसको संख्या चार हजार देखी चार हजार पाँच सयसम्म हुन आउँछ ।’ पासपोर्टको म्याद सकिने समस्य एउटा छ भने पर्चुगलको पिआर लिन बिना पासपोर्ट पर्चुगल पुगेका नेपालीको संख्या पनि उत्तिकै रहेको अध्यक्ष खड्काको दाबी छ ।

युरोप देशमा पिआर लिन अल्लि सजिलो देश पर्चुगल भएको हुँदा यहाँ आउने नेपालीको संख्या दिनानुदिन बढ्दै गएको बताउने खड्काले अहिलेसम्म पचास हजार देखि साठ्ठी हजारसम्म नेपालीको संख्या रहेको बताउनुभयाे । लामो समयसम्म बस्दा पासपोर्टको मिति सकिने समस्य बढ्दै गएको अध्यक्ष खड्काको भनाइ छ । उहाँले भन्नुभयाे ‘यहाँ आएपछि लामो समयसम्म बस्दा यहीँको नागरिक हुन पाउने हुँदा नेपालीहरु नफर्की लामोसमयसम्म बस्ने हुँदा यस्तो समस्य बढ्दै गएको छ ।’

पर्चुगलमा रहेका नेपालीलाई फ्रान्समा रहेको नेपाली राजदुतले हेर्ने भएपनि पर्चुगलमा बढ्दै गएको समस्य समाधान गर्न स्पेनमा रहेको नेपाली राजदुतावासले पनि पहल गरेपनी जनशक्ति अभावका कारण माग अनुसारको पासपोर्टको समस्य समाधान गर्न नसकिएको स्पेनका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकालले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे ‘पर्चुगलमा रहेका नेपालीको पासपोर्टको मिति सकिने समस्य दिनानुदिन बढ्दै गएको छ । फ्रान्समा रहेको नेपाली राजदुतावास बाट समस्य समाधान हुन कठिनाइ हुने भएपछि हामीले पनि त्यो काम थालेका थियौ तर जनशक्ति अभावमा पुरै काम गर्न सकिएको छैन ।’ आफ्नो कार्यक्षेत्र नभएपनी नेपाली समस्य पर्दा हेरेर बस्न नसक्ने भन्दै आफू आए लगत्तै पर्चुगमा रहेका नेपालीको पासपोर्ट नवीकरण सम्बन्धि काम गर्न थालेपनी राज्यले जनशक्ति थप नगर्दिदा चाहे अनुसार काम गर्न नसकेको राजदुत ढकालको भनाइ छ । उहाँले भन्नुभयाे ‘यहाँ सबै कुरा छ राज्यले एउटा कर्मचारी थप गर्दिए यो समस्य छिटै हल हुन्छ ।’ राज्यले थप कर्मचारी नदिएको हुदाँ यहाँ भएका कर्मचारीले चाहेर पनि समस्य समाधान गर्न नसकेको उहाँको तर्क थियो ।

पर्चुगलमा रहेका नेपालीको समस्यामा राज्य जानकार भएपनि बजेट अभावका कारण समस्य समाधान गर्न नसकिएको परराष्ट्र मन्त्रालयका प्रवाक्ता अमृत बहादुर राईको छ । उहाँले भन्नुभयाे ‘यस बिसयमा हामी अवगत छौं,आवश्यक बजेट छैन त्यसैले पर्चुगलमा रहेका नेपालीको समस्य समाधान गर्न सकेका छैनौं ।’ पर्चुगलमा रहेका नेपालीको मुख्य समस्य पासपोर्ट नवीकरण रहेको भन्दै राइले यसको लागि फ्रान्स र स्पेनमा एउटा एउटा कर्मचारी मात्रै थप गर्न सकेपनी यो समस्य समाधान हुने भन्दै बजेट अभावमा त्यसो गर्न नसकिएको बताउनुभयाे ।

पिआर लिने लोभमा धेरै नागरिक अबैध भएको भन्दै सबै नागरिक स्पेन र फ्रान्स जान नसक्ने एनआरएनएका अध्यक्ष उमेश खड्काको तर्क छ । अबैध रहेका नेपालीलाई त्यहाँको पिआर लिने समयमा पासपोर्ट खोज्ने हुँदा उक्त पासपोर्ट तयार पार्नको लागि पनि पर्चुगलमै दूतावास अथवा पासपोर्ट घुम्ती टोलि आउनुपर्ने एनआरएनले आवाज उठाउदै आएको अध्यक्ष खड्काले बताउनुभयाे । उहाँले भन्नुभयाे ‘पिआरको लोभमा लामो समय अबैध बसेका नेपाली नागरिक स्पेन र फ्रान्स गएर पासपोर्ट नवीकरण गर्न सक्दैनन् त्यसैले त्यो सुबिधा पर्चुगलमै राज्यले उपलब्ध गराउनुपर्छ ।’ बैधानिक आएका नागरिकले पासपोर्ट नवीकरण गर्न फ्रान्स र स्पेन जानचाहेमा त्यसको लागि तीन चार महिना पर्खनु पर्ने अवस्था रहेको उहाँको गुनासो थियो । यता परराष्ट्र मन्त्रालय र स्पेन स्थित नेपाली राजदुतावासले भने उक्त भनाइ ठिक रहेको जनाएका छन् । दूतावासले कर्मचारी अभावमा काम गर्न नसकेको बताएको छ भने परराष्ट्र मन्त्रालयले बजेट अभावका कारण कर्मचारी उपलब्ध गराउन नसकेको जनाएको छ ।

यता काठमाडौमा रहेको राहदानी विभागले भने पर्चुगलमा देखिएको समस्य साउन र भदौसम्म सक्ने जनाएको छ । विभागमा प्रमुख तिर्थराज अर्यालले पर्चुगलमा देखिएको समस्य साउन र भदौसम्म समाधान गर्ने जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे ‘यो समस्य समाधान गर्न केही महिना पहिले टोलि गएको थियो । टोलिले केही काम गरेको छ । बाकी काम अब छिट्टै सक्ने गरि तयार थालेका छौ ।’ नेपाल सरकारको कारण त्यहाँ काम गर्न केही असहज महसुस भएपनि पछिल्लो समय सकारात्मक ढंगले काम अगाडि बढेको उहाँको दाबी छ । भदौसम्म दूतावास खोलेर नभए घुम्ती टोलि पठाएर भएपनि समस्य समाधान गरिने उहाँले जानकारी दिनुभयाे ।

यता पर्चुगलमा दूतावास स्थापना गर्न पहिलोपटक राजदुत नियुक्ति भएर कार्यक्षेत्र नपुग्दै फिर्ता भएका राजदुत सनिल नेपालले पर्चुगलमा रहेका नेपालीको समस्य समाधान गर्न सरकार तदारुक हुनुपर्ने बताउनु भएकाे छ । उहाँले भन्नुभयाे ‘पर्चुगलमा रहेका नेपालीको समस्य छ, यस अघिल्लो सरकारले मलाई राजदुत नियुक्त गरेको थियो । ती समस्य समाधान गर्न कार्ययोजना पनि तयार पारेको थिए तर गन्तव्य देश नपुग्दै नेपाल सरकारले फिर्ता बोलायो ।’ पर्चुगलमा नेपाली दूतावास खोल्न नेपाल सरकारले त्यहाँको सरकारलाई आग्रह गरे अनुरुप पर्चुगलमा नेपाली दूतावास खोल्न यस अघिका परराष्ट्रमन्त्री नारायण प्रकास साउदले प्रक्रिया अगाडि बढाउनुभएकाे थियाे । साउद मन्त्री हुँदा राजदूत समेत नियुक्ति भएर प्रक्रिया अगाडी बढेपनी अहिलेको सरकारले पर्चुगलका लागि नियुक्त राजदुत गन्तव्य देश नपुग्दै फिर्ता बोलाएको छ । सरकारको यस्तो अपरिपक्व निर्णयले अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि बिग्रदै जाने भन्दै त्यहाँको जान्छ भन्दा पनि नागरिकको हितमा छिटो काम गर्न सरकार लाग्नुपर्नेमा नेपालको जोड थियो । त्यहाँ स्थिति नेपाली संघ सस्था एवम् स्थानीय सरकारसंग समन्वय गरेर काम गर्ने योजना तयार पारेका राजदुत नेपाल गन्तव्य देश नपुग्दै फिर्ता भएपछि पर्चुगलमा रहेका नेपालीको समस्य समाधान हुन अझै केही समय लाग्ने देखिन्छ ।

गैर आवासीय नेपाली संघ लगायतले पर्चुगलामा नेपालीको संख्या विभिन्न आकलन गरेपनि वैदेशिक रोजगार विभागले भने पछिल्लो दुई बर्षमा श्रम गरेर पर्चुगल पुग्ने नेपालीको संख्या एक हजार एक सय ८७ रहेको जनाएको छ । विभागका सूचना अधिकारी गुरुदक्त सुवेदीका अनुसार पछिल्लो दुई बर्षमा श्रम गरेर पर्चुगल पुग्ने पुरुषको संख्या एक हजार ६६, महिलाको संख्या एक सय १४ र नेपाल आएर पुन श्रम गरेर जाने पुरुषको संख्या ७ रहेको छ ।

नेकपा एमालेका सांसद नारायण प्रसाद आचार्यले नागरिकको यस्तो गम्भीर समस्यामा राज्य मौन बस्न नहुने तर्क गर्नुभयाे । उहाँले भन्नुभयाे ‘बजेट छैन भनेर आफ्ना नागरिक बिदेश अलपत्र पर्न दिनु हुदैन । यसमा सरकार गम्भीर हुनुपर्छ ।’ रेमिटेन्समा भर परेको अर्थतन्त्र तिनै रेमिटेन्स पठाउनेलाई अलपत्र पार्न नहुने उहाँको तर्क थियो । त्यस्तै अधिवक्ता अर्जुनकुमार अर्यालले पनि राज्यले गम्भीर अन्याय गरेको बताउनुभयाे । उहाँले भन्नुभयाे ‘राहदानीका कारण आफ्ना नागरिक अनागरिक हुन राज्यले दिनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय