पहिरो पीडितको घरघरमा पूर्व सांसद मल्ल

२०८१ असार ३०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ३० असार । नेपाली काङ्ग्रेस स्याङ्जाका नेता तथा गण्डकी प्रदेशका पूर्व सांसद भागवत् प्रकाश मल्लले पहिरो पीडितका घरमा पुगी सहयोग गर्नुभएको छ । मल्लले असार २२ गतेको अविरल वर्षाको क्रममा ज्यान गुमाएका नागरिकका परिवारजनसँग पुगी समवेदना व्यक्त गर्नुभएको छ ।

उहाँले बिरूवा गाउँपालिका वडा नं ६ लामाखेतमा पुगि पहिरो पीडित परिवारलाई आर्थिक सहयोगसमेत गर्नुभएको छ । गत २२ गते बिरूवा ६ मा अविरल वर्षाका कारण पहिरो गई ३ जनाको मृत्यु भएको थियो ।

मल्लले पहिरोमा घरबास गुमेपछि विचल्लीमा परेका परिवारजन तथा गाउँबासीलाई भेटी उनीहरूको वास्तविक अवस्था बुझ्नुका साथै पुनर्स्थापनाका उपायहरूका बारेमा छलफल गर्नुभएको छ ।

उहाँले पीडितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि सरकारसँग माग गर्नुभएको छ । उहाँले भन्नुभयो, “यस्तै बेलामा हो नागरिकलालाई सरकार चाहिने । सरकार छ भन्ने अनुभूति पीडितहरूले गर्न सक्ने गरी काम गर्नुपर्छ ।”

त्यस्तै भीरकोट ५ ज्यामिरेमा पुगी खिमकुमारीका परिवारजनलाई भेटी छलफल गर्नुभएको छ । असार २२ मा गएको पहिरोमा परी खिमकुमारी मल्लको मृत्यु भएको थियो भने घरगोठ पहिरोले बगाएको थियो।

नेता मल्लले घरबासको व्यवस्था तथा पुनर्स्थापनाको लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय