अष्ट्रेलियामा जुटे ३०० नेपाली

२०८१ श्रावण ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

राजनप्रसाद पौडेल
काठमाडौ,८ असार ।
विभिन्न सिलसिलामा बिदेश पुगेका नेपालीहरु एकाआपसमा भेटघाट हुने,नेपालको कला सस्कृतीलाई जगेर्ना गर्ने गरेको पाइन्छ । त्यस्तै बीच अष्ट्रेलियाको मेलवेर्न भएका ३०० नेपाली मंगलबार जुटेर एक आपसमा भावना साटासाट गरेका छन् ।

अष्ट्रेलिया स्थित मेलबर्न शहरमा मेलवर्न नेप्लिज कम्युनिटी ‘एमएनसी’ वेष्टद्धारा विन्ढेम पार्कमा आयोजित पहिलो भेटघाट कार्यक्रममा करीब ३०० जनाको सहभागिता रहेकाे थियाे । कार्यक्रममा केटाकेटीहरुका लागि बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु राखिएका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष डा किशोर वैद्यले उपस्थितहरुका लागि ‘हास्य योग’ गराउनुभएकाे थियाे ।

संस्थाका अध्यक्ष मनिषा अर्यालले कार्यक्रम जुद्धाजुद्धै पनि आशा गरिएको भन्दा धेरैको यस किसिमको सहभागिता र स्वत:स्फूर्त रुपमा गरिएको सहयोगका लागि सहयोगी सबैप्रति कृतज्ञता ज्ञापन गर्दै यस्ले आगामी दिनमा थप कार्यक्रम गर्न हौसला मिलेको बताउनुभयाे ।

कार्यक्रम सफल तुल्याउन संस्थाका अध्यक्ष मनिषा अर्यल, उपाध्यक्ष किशोर वैद्य, सचिब पुष्कर पाण्डे, उप सचिब प्रकाश तिमिल्सिना, कोषाध्यक्ष तिलक सापकोटा, सदस्यहरु बिक्रम शर्मा पंगेनी, जीवन बिष्ट, अनिल केसी, बिबेक लुइंटेल, राजेश जैसवाल, शंकर प्रसाद न्यौपाने र दीपेन्द्र खड्का सबैको सकृय योगदान थियो ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठ, भिक्टोरियाका लागि नव नियुक्त अबैतनिक बाणिज्य दूत निराजन गौली, दिदी-बहिनी समाज भिक्टोरियाका अध्यक्ष रोशनी श्रेष्ठ आदिको उपस्थिति रहेको उक्त कार्यक्रम सन्चालनार्थ अलायन्स स्टेट एजेन्ट, अस्ट्रेलियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी, सल्भ एजुकेशन कन्सल्टेन्सी, वास्तु बिल्डिङ कन्सल्टेन्सी, एपिबि पार्टनर्स अकाउन्टेन्टस एन्ड बिजिनेस अडभाइजर्स, सुप्रिम मोर्टगेज एन्ड फाइनान्स, इम्पेरियर कन्भेयान्सिङ्, रेड हट स्पाइस, रोयल वेस्टर्न क्लबको सहयोग थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय