कल्पना भट्टराई
स्याङ्जा,१८ साउन । नेपाली काङ्ग्रेसका तत्कालीन स्याङ्जा जिल्ला सभापति स्वर्गीय कमल पंगेनीको छैठौं पुण्यतिथिको अवसर पारेर स्याङ्जामा लाख बत्ति बाल्ने देखि रक्तदान सम्मको कार्यक्रमको आयोजना गरिएको छ ।
शान्त शालीन तथा स्याङ्जा काङ्ग्रेसलाई एक ढिक्का बनाई राख्न ठूलो भुमिका निर्वाह गर्नुभएका संविधान सभा सदस्य समेत रहनु भएका तत्कालीन सभापति पंगेनीको २०७७ साल साउन २० गते निधन भएको थियो । पंगेनीको निधन पछी ठूलो क्षति बेहोर्नु परेको स्याङ्जा काङ्ग्रेसले उहाँको सम्झनामा कार्यक्रम गर्न लागेको हो ।
स्वर्गीय नेता पंगेनीको छैठौं पुण्य तिथि पारेर साउन २० गते नेपाली काङ्ग्रेस पार्टी कार्यालय स्याङ्जामा बिहान ८ बजेदेखि ११ बजेसम्म रक्तदान कार्यक्रम राखिएको नेपाली काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति केदार काफ्लेले जानकारी दिनुभयो । स्याङ्जाको कार्यक्रम सकिएपछि कमल पंगेनी प्रतिष्ठान र नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको आयोजनामा राम नदि धाममा दिउसो २ बजेदेखि लाख बत्ति तथा भजन कृतनको कार्यक्रम राखिएको कार्यवाहक सभापति काफ्लेले जानकारी दिनुभयो ।
पङेनी मात्रै नभएर लोकतान्त्रिक आन्दोलनमा साहदत प्राप्त गर्ने ब्यक्तिहरुको सम्झनामा पनि दिप प्रज्वलन हुने उहाँले जानकारी दिनुभयो । त्यसको लागि पालिका सभापतिहरुबाट नाम संकलन गर्ने काम जारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।
स्वर्गीय नेता पंगेनीको छैठौं पुण्य तिथि पारेर गर्न लागिएको उक्त कार्यक्रममा केन्द्रिय उपसभापति नेपाल सरकारका पुर्व मन्त्री सांसद धनराज गुरुङ, जिल्ला सभापति सांसद राजु थापा देखी सबै उपस्थिति रहने उहाँले जानकारी दिनुभयो ।