प्रभु बैंकको प्यूठान बिजुवारमा ३१५ औं शाखा सञ्चालनमा

२०८१ श्रावण २५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २५ साउन । प्रभु बैंकले प्यूठान जिल्लाको प्यूठान नगरपालिका- ४ स्थित बिजुवारमा ३१५ औं शाखा स्थापना गरेर साउन २५ गतेदेखि सेवा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुख  धरम बहादुर जीसीले कम्पनीको नयाँ शाखाको उद्घाटन गर्नुभएकाे हाे ।

कम्पनीले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताउनुभएको छ । साथै कम्पनीले यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभएर समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको पनि बताएको छ ।

बिजुवार शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत् करिब ३५ लाखभन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय