मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने विश्वास छ : अध्यक्ष ढकाल

२०८१ श्रावण २६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोदावरी, २६ साउन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का ठूला दलहरू मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गरेका छन् ।

धनगढीमा आज आयोजित कैलाली उद्योग वाणिज्य सङ्घको ५० औँ स्वर्णिम वर्ष तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले  नीतिगत अस्थिरताका कारण अर्थतन्त्रमा ठूलो समस्या देखिएकाले नेपाल राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताए ।

सेयर बजारले गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सृजना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले सङ्घसँगै प्रदेश सरकार स्थायी हुने सम्भावना देखिएकाले प्रदेशमा आर्थिक गतिविधि चलायमान बनाउन प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने बताए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय