सहकारी ठगी प्रकरणमा स्याङ्जाको विरुवा गाउँपालिका अध्यक्षलाई पक्राउ पुर्जी

२०८१ श्रावण २९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२९ साउन । सहकारीको रकम हिनामिना गरेको आरोपमा स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । स्याङ्जाको बाडखोलामा मुख्य कार्यलय रहेको सुर्यादय सहकारीको विरुवा सेवा केन्द्रको ठूलो रकम हिनामिना गरेको आरोप कुवर सहित चार जनालाई पक्राउ पुर्जी जारी भएको हो ।

कुवर अहिलेसम्म फरार रहेको प्रहरीले जनाएको छ । कुवर संगै सहकारीका अध्यक्ष तारेन्द्रबहादुर केसी,मुक्तिनाथ विकास बैंक विरुवा गाउँपालिकामा कार्यरत सन्ध्या भण्डारी लाई पनि प्रहरीले आज पक्राउ गरकाे छ । सहकारीका प्रबन्धक जीवन वाग्ले भने १९ दिन पहिले नै पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

तत्कालीन अवस्थामा सहकारीको अध्यक्ष भएको समयमा ३ करोड ६६ लाख रकम हिनामिना गरेको आरोप कुवर माथी लागेको छ । सहकारीको अध्यक्ष भएका कुवरले गाउँपालिका अध्यक्ष भएपछि सस्थाका तत्कालीन सचीव ताजेन्द्र बहादुर केसीलाई अध्यक्षको जिम्मेवारी दिएका थिए । सहकारीको पैसा स्टेटमेन्ट गलत देखाएको आरोप मुक्तिनाथ विकास बैंककि कर्मचारी सन्ध्या भण्डारीलाई पक्राउ गरेकाे श्रोतले जनाएको छ । कुवर नेकपा एमाले बाट निर्वाचन जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार