बुटवल पावर कम्पनीले ६८ करोडको विद्युत् बिक्री गर्दा पनि घाटामा

२०८१ श्रावण ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,३० साउन । बुटवल पावर कम्पनीको नाफा घटेको छ। गत आवमा विद्युत् बिक्री गरेर ६८ करोड ७० लाख आर्जन गरे पनि विद्युत् बिक्रीको लागत, सञ्चालन खर्च लगायतका शिर्षकमा खर्च बढ्दा खुद मुनाफा १८ करोड रुपैयाँमा खुम्चिएको कम्पनीले बुधबार प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५.१७  रुपैयाँ, प्रतिशेयर नेटवर्थ २०६.५८  रुपैयाँ  छ भने मूल्य आम्दानी अनुपात ५९.९६ गुणा छ। त्यसैगरी, समीक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ३ अर्ब ४० करोड रुपैयाँ छ।

अघिल्लो आर्थिक वर्ष ३० करोड खुद मुनाफा गरेको कम्पनीले गत आर्थिक वर्षमा १८ करोड ३४ लाख रुपैयाँ मात्र खुद मुनाफा आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय