प्रभु बैंक र बुद्ध एयर बीच विशेष छूट दिने सम्झौता

२०८१ श्रावण ३१, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३१ साउन । प्रभु बैंकले कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्ध एयरको सेवामा विशेष छूट दिने सम्झौता गरेको छ ।

उक्त सम्झौतामा कम्पनीतर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धवलाल कायस्थले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छूट प्राप्त गर्न सक्ने कम्पनीले बताएकोे छ ।

बुद्धएयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छूटको व्यवस्था  गरिने बताएको छ ।

हाल कम्पनीले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत् करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय