स्याङ्जा,३२ साउन । गल्याङ नगरपालिका ५ का वडा अध्यक्ष घनश्याम भट्टराईको ट्याक्टर अबैध काठ सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ मिर्मीमा फर्निचर व्यवसाय गर्दै आएका भट्टराईको ट्याक्टरलाई कालीगण्डकी गाउँपालिका बाट अबैध काठ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेश लाल श्रेष्ठले जानकारी दिनुभयो ।
लु ४ त ६५६५ नम्बरको ट्याक्टर सहित काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठ गल्याङ् ५ रुपाखानीबाट कालिगण्डकी मिर्मि तर्फ लैजाने क्रममा ट्याक्टरलाई नियन्त्रण लिएको हो ।
भट्टराई नेकपा एमाले बाट निर्वाचन जनप्रतिनिधि हुन्