आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसदमा दर्ता

२०८१ श्रावण ३२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३२ साउन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधि सभामा दर्ता भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् । नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेश गर्ने र त्यसमाथि हुने छलफलका लागि प्रयाप्त समय उपलब्ध गराउन विधेयक ल्याइएको अर्थमन्त्री पौडेलले बताए ।

उनका अनुसार बजेट प्रणाली बाहिरका सार्वजनिक निकायबाट नेपाल सरकारलाई पर्ने थप आर्थिक दायित्वलाई व्यवस्थित गर्ने र बेरुजु फर्छ्योटलाई प्रभावकारी बनाउने बजेटको उद्देश्य रहेको छ ।

पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फागुनमै अर्को आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्ने गरी ३ माघ २०८० मा अध्यादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय