रविले ९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था आयाे : महामन्त्री थापा

२०८१ भाद्र १३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१३ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नताको प्रमाण संसदीय छानबिन समितिलाई दिइसकेको बताउनुभएकाे छ ।

थापाले भन्नुभयाे, ‘यसो ख्याल गर्नुभएन, ९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकाले आएको होइन होला ।’

आफूलाई समितिमाथि पूर्ण विश्वास रहेको महामन्त्री थापाले बताउनुभयाे । ‘बरु रास्वपपाका साथीहरु झुक्किनुभयो कि भन्ने लागेको छ’, उहाँले अगाडि भन्नुभयाे, ‘बयान हो, बयान  सफाइ होइन ।’

 उहाँले भन्नुभयाे ,‘फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसेको छु । तथ्य प्रमाणका आधारमा फैसला आउँछ भनेर बसिरहेको छु’,।

बरु समितिमा रहेका रास्वपाका सदस्यलाई अप्ठ्यारो पर्नसक्ने उहाँले बताउनुभयाे । ‘किनकी कालोलाई सेतो कसरी भन्नु ? कालोलाई कालै भन्नुपर्ला । अलिअलि मैलो भएपनि कालै भन्नुपर्ने अवस्था आउँछ होला’, महामन्त्री थापाले भने, ‘त्यसैले दिन गनौं, राम्रोसँग गनौं । औला भाँचेर गनौं, लेखेर गनौं । फैसला आउने दिन गनौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय