स्याङ्जा सहयोग समाज युएईको तीज कार्यक्रमको लागी कलाकार युएई प्रस्थान

२०८१ भाद्र १४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,१४ भदौ । युएईको वर दुबईमा सेप्टेम्बर १ तारिक हुन लागेको तीज बिशेष कार्यक्रमको लागी कलाकार युएई तर्फ लागेका छन् ।

स्याङ्जा सहयोग समाज,युएईको आयोजनामा वर दुबईको club SK 7 मा हुन लागेको तीज बिशेष कार्यक्रमको लागि चर्चित लोक गायक शिव हमाल,घनश्याम रिजाल, राम प्रसाद पाठक र स्याङ्जा सहयोग समाज युएईका संरक्षक एकेन्द्र थापा सहितकाे टाेली शुक्रबार युएई तर्फ लागेकाे छ । आइतबार हुन लागेको कार्यक्रमको लागि चर्चित गायिका राधिका हमाल भने सनिवार जाने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा सहभागी हुनको लागि स्याङ्जा सहयोग अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष बिरेन्द्र जङ्ग केशी युएई आइसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय