सहकारीको रकम हिनामिना अराेपित गा.पा.अध्यक्ष अदालतबाट एक दिनमै छुटे

२०८१ भाद्र २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२१ भदौ । सहकारीको रकम अपचलन आरोपमा पक्राउ पुर्जी जारी भएका विरुवा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुँवरलाई अदालतले एक दिनमै धरौटीमा छाडेको छ ।

जिल्लाको सदरमुकाममा रहेको सुर्योदय बचत तथा ऋण सहकारी सस्था लि. विरुवा केन्द्रबाट ३ करोड ६६ लाख रकम अपचलन गरेको आरोपमा साउन २८ गते पक्राउ पुर्जी जारी भए लगत्तै फरार भएका गाउँपालिका अध्यक्ष कुँवर भदौ १३ गते जिल्ला अदालत स्याङ्जामा उपस्थित भएका थिए । भदौ १३ गते बिहान अदालतमा उपस्थित भएका कुँवरलाई अदालतले उहिँदिन बहस गरि २० लाख धरौटीमा छोडेको अदालत श्रोतले जनाएको छ ।

यहीँ अभियोगमा पक्राउ परेकी मुक्तिनाथ विकास बैंक बिरुवा शाखाका कस्टमर सर्भिस बिभागमा कार्यरत कर्मचारी सन्ध्या भण्डारी १ लाख धरौटी, सहकारीका बिरुवा सेवा केन्द्रका अध्यक्ष तारेन्द्र बहादुर के.सी. २० लाख धरौटीमा छुटे भने सहकारीको बिरुवा सेवा केन्द्र प्रमुख जीवन वाग्लेले थुनामै रहेको जिल्ला अदालत स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय