सहकारीको बचत अपचलनमा मुछिएकि भूपू श्रीमतीसँग मलाई जोड्न मिल्दैन : सांसद गुरुङ

२०८१ भाद्र २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ ,२५ भदाै । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले  भूपू श्रीमती सहकारीको बचत अपचलनमा मुछिएकाे बिसयलाइ लिएर आफूलाइ जोड्न नमिल्ने बताउनुभएकाे छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपसभापति गुरुङले आफूमाथि आशंका भए तत्काल छानबिन गर्न पनि सरकार र संसद्को ध्यानाकर्षण गराउनुभयाे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानबिन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘संसदीय छानबिन नै गर्नुपर्छ भने पनि म तयार छु । मेरो लागि यो सुवर्ण अवसर हुनेछ । तथापि प्रमाण लुकाउन सक्ने गृहमन्त्री जस्तो जिम्मेवार पदमा म छैन सभामुख महोदय । म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्दछु । मेराबारे लागेको आरोपको सत्य, तथ्य छानबिन गरिदिन म सम्माननीय सभामुख, माननीय गृहमन्त्रीजी, अनि संवद्ध निकायहरूलाई आग्रह गर्दछु ।’

उहाँले आफूले निष्ठा, नैतिकता र सुशासन प्रर्दशन गर्दै आएको भन्दै त्यसमा प्रतिवद्ध रहेको पनि दोहोर्‍याउनुभयाे । उपसभापति गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीको पदाधिकारीमाथि पनि छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘जुन मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, सञ्चालक समितिका सदस्यहरू, को–कोलाई छानबिन गर्नुपर्ने हो ? तुरुन्तै छानबिन गरियोस् । यदि यस विषयमा म माथि कुनै आशङ्का छ भने तुरुन्तै म माथि पनि छानबिन गरियोस् । कुनै पनि गल्ती गर्ने व्यक्तिलाई उन्मुक्ति दिन हुन्न भन्ने मान्यतामा म सधैँ अडिग छु सभामुख महोदय । जसले सुशासन कायम गर्नका लागि २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरू र नेपाल सरकारका कर्मचारीहरूको सम्पत्ति छानबिन हुनुपर्छ भनेर यसै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । उसैमाथि यत्रो आरोप ? जसले यसै संसद्मा गैरकानुनी कारोबार रोक्नका लागि ५ सय र हजारका आवाज उठाई रह्यो । उसैमाथि यत्रो षडयन्त्र ? त्यसैले यो पुनः षडयन्त्रकारी कदमको निष्पक्ष छानबिनको माग गर्दछु । धनराज गुरुङ खुला किताब हो । जसले जताबाट अनुसन्धान थाले पनि हुन्छ । ’

उपसभापति गुरुङले आफूले श्रीमती ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गरेको पनि बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय