रवि लामिछानेलाई पोखरामा सहकारीपीडितले देखाए कालो झण्डा

२०८१ भाद्र २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा ,२५ भदाै ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा सहकारीपीडितहरूले कालो झण्डा देखाएका छन् ।

पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुने आएका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखराको बिरौटामा सहकारीका बचतकर्ताले कालो झण्डा देखाएका हुन् ।

रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठक बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा चलिरहेको छ । बैठकस्थलमा छिर्ने क्रममा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले लामिछानेलाई कालो झण्डा देखाएका हुन् । प्रदर्शनकारीले बैठकस्थलबाहिर सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको भन्दै नाराबाजी गरिरहेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित सहकारीका पूर्व र वर्तमान सञ्चालक तथा कर्मचारी गरी १९ जनालाई प्रतिवादी बनाएर प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित २०८० असोज १८ मा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय