ब्लु क्रस हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छूट

२०८१ भाद्र २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२६ भदौ। प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले काठमाडौंको,त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलको सेवा सुविधामा विशेष छूट पाउने भएका छन् ।

उक्त सम्झौतापत्रमा एक समारोहका बिच ब्लु क्रस हस्पिटलका तर्फबाट रजत श्रेष्ठ र कम्पनीका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कम्पनीका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा उपचार सेवा लिंदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपीडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा ५ प्रतिशतदेखि १२ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

छूट सुविधा प्राप्त गर्नका लागि कम्पनीका ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्नेछन् ।

ब्लु क्रस हस्पिटलले केहि दशक यतादेखि निरन्तररुपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । उक्त हस्पिटलमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था छ ।

कम्पनीले मुलुकभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय