राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी रेग्मीलाई

२०८१ भाद्र २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २७ भदौ । राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंक व्यवस्थापन समितिको भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हो ।

बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय