भन्सारमा कुनै पनि दुरुपयोग स्वीकार्य हुदैन : अर्थमन्त्री पौडेल

२०८१ भाद्र २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२७ भदौ । उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले राजस्वको लक्ष्य पुरा गर्नेगरि काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । बिहीबार काठमाडौंमा भन्सार व्यवस्थापन गोष्ठमा बोल्दै पौडेलले भन्सारमा कुनै पनि दुरुपयोग स्वीकार्य नहुने भन्दै राजस्वको लक्ष्य पुरा गर्नेगरि काम गर्न निर्देशन दिनुभएको हो ।

उहाले गत बर्ष गरेका प्रगतिभन्दा बढि नै काम गरेर देखाउन आग्रह गर्नुभयो । मुलुकको राजस्व परिचालन भए मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने उहाले बताउनुभयो । उहाले भन्सार विभागका सबै कर्मचारी उच्च मनोबलका साथ काम गर्न निर्देशन समेत दिदै भन्सारको दुरुपयोग सम्भव छैन भन्ने सन्देश दिन जरुरी रहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले सेवाग्राहीहरूप्रति मैत्रीपूर्ण व्यवहार गर्दै गुनासो आउने अवस्थाको अन्त्य गर्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय