मितेरी सहकारीका अध्यक्ष गुरुङ जेल जाने भएपछि घटना अन्तै मोड्ने चलखेल

२०८१ भाद्र ३१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

काठमाडौ,३१ भदौ । बचत अपचलन गरेको आरोपमा मितेरी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष सहित संचालक माथी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा उजुरी परेपछि उक्त सहकारीमा भएको बचत हिनामिना बाहिर आएको छ । बचतकर्ताले संचालक माथी किटानी जाहेरी दिएपछि पक्राउबाट बच्न सहकारीका अध्यक्ष कुम्भराज गुरुङले आफुले रकम अपचलन नगरेको र रकम अपचलनमा सहकारीका साधारण सेयर सदस्य मात्र रहेका नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङको संलग्नता रहेको अभिव्यक्ति दिनुभएकाे हाे ।

सहकारीका अध्यक्ष कुम्भराजले धनराज माथी आरोप लगाएपनी अपचलन भएको रकम कस्को खातामा कहिले गएको हो भन्ने प्रमाण भने अहिलेसम्म दिन सक्नुभएकाे छैन् । धनराज गुरुङसंग छोडपत्र भएकी श्रीमती ज्योति गुरुङ उक्त सहकारीको महाप्रबन्धक हुँदा रकम अपचलन भएको बताएपनी उक्त अपचलन भएको रकम कस्को खातामा गएको भन्ने बारे भने प्रष्ट पार्न सक्नुभएकाे छैन । कुम्भराज भन्नुहुन्छ “डिपोजिटरले जम्मा गरेको रकम हिनामिना भएको हो,ज्योति गुरुङ महाप्रबन्धक हुँदा उक्त रकम अपचलन भएको हो ।” यति ठूलो रकम १२ करोडसम्म अपचलन हुँदा अध्यक्ष संचालक वा कसैलाई थाहा भएनत भन्ने प्रश्नमा कुम्भराज भन्नुहुन्छ, “हामीले पनि अपचलन भएपछि मात्रै थाहा पायौं ।” रकम अपचलन आरोप लागेकी महाप्रबन्धक खैइत भन्ने प्रश्नमा अहिले ज्योति गुरुङ सम्पर्कमा नरहेको बताउनुभयो, “अपचलन भएको रकम तिर्छु मात्रै भन्नुभयो अहिले सम्पर्कमा हुनुहुन्न ।” धनराज गुरुङकि पुर्वश्रीमती भएको हुँदा उक्त रकम धनराज गुरुङले तिर्नुपर्ने उहाँले बताउनुभयो ।

१४ करोड अपचलन कसरी भयो

सहकारीको १२ करोड (ब्याज सहित करिब १४ करोड) रकम हिनामिना हुँदासम्म संचालक कसैलाई पनि थाहा नहुनु कस्तो विडम्बना । हिनामिना भएको रकम कस्काे खातामा कहिले गएको भन्ने खुल्न सकेकाे  छैन । तर सहकारीकाे महाप्रबन्धक ज्योति गुरुङ र धनराज गुरुङको छोडपत्र कागजी मात्रै भएको हुँदा यो  हिनामिनामा भएकाे रकममा धनराजको संलग्नता रहेको उहाँको दाबी छ । यद्यपि छोडपत्र भएपछि भने धनराज र ज्योति संगै रहेको अहिलेसम्म केही प्रमाण फेला पार्न सकिएको छैन ।

महाप्रबन्धकलाई कसले भगायो

सहकारीको रकम अपचलन भएको भनिएकी ज्योति गुरुङ अहिले सहकारीको सम्पर्कमा नरहेको स्वयं अध्यक्ष कुम्भराज गुरुङले बताउनु भएको छ । सहकारीमा काम गर्ने कर्मचारी हराएको बर्षौ भएको बताउने कुम्भराजले अहिले बल्ल आएर खाेजीसुरू गर्नुभएकाे छ । ज्योति गुरुङ कहाँ हुनुहुन्छ भन्ने हाम्रो प्रश्नमा उहाँ भन्नुहुन्छ, “युरोपमा भएको भन्ने खबर छ त्यस बाहेक अन्य केही थाहा छैन । “यत्रो रकम अपचलन गर्ने महाप्रबन्धकलाई किन अध्यागमनमा कालो सुचिमा राख्नु भएन त भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ , यसरी बिदेश जाने भन्ने हामीलाई थाहा भएन अध्यक्ष कुम्भराजले बताउनुभयाे । बिदेश गएको बताएपनी महाप्रबन्धक ज्योति गुरुङ आफ्नो सम्पर्कमा नरहेको बताउनु भयाे ।

आफ्नै महाप्रबन्धक हराएको बर्षौ पछि मात्रै सहकारी अध्यक्षले यसो भन्नुले रकम अपचलनमा अध्यक्षकै संलग्नता पुष्ठि हुँदैन त …..? आफू विरुद्ध उजुरी परेपछि गायब भएकी महाप्रबन्धक माथी आरोप लगाउनुले घटनाको थप छानबिन हुनु आवश्यक देखिन्छ ।

ऋण लिएको तिरेको हु : उपसभापति गुरुङ

महाप्रबन्धक ज्योति गुरुङकाे नाममा रहेको ऋण केही महिना पहिलेसम्म नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले तिरेको भन्दै बाकी अपचलनको रकम पनि धनराजले नै तिर्नुपर्ने तर्क सहकारीका अध्यक्ष कुम्भराज गुरुङको छ ।

यता उपसभापति गुरुङले भने छोडपत्र हुनुपुर्व संगोलमा भएको बेलाको ऋण तिरेको र बाकी अपचलनको बिषय थाहा नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो ,” संगोलमा हुँदा तयार भएको फाइलबाट लिएको ऋण सबै तिरेको छु ।” अलचलन कहिले र कहाँ भएको भन्ने बारेमा आफुलाई कुनै थाहा नभएको हुँदा यस बारेमा छानबिन हुनुपर्ने उहाँको माग छ ।

धनराजको नाममा केही देखिदैन : प्रदेश रजिस्ट्रार

बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार राजन पोखरेलले रकम हिनामिना नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङको कुनै संलग्नता नदेखिएको बताउनु भएको छ । उहाँले भन्नुभयो ‘मितेरीको तर्फबाट सचिव बोधविक्रम थापा उजुरी लिएर आउनु भएको थियो । उजुरी परेका ११ जना उपर २ महिनासम्म छानबिन गरेपछि धनराज लगायत ६ जनाको केही नेदेखिएपछी धनराज लगायत ६ जनाको नाम हटाएर ५ जनाको मात्र सिआइबीलाई पत्राचार गरेका हौँ ।’  रजिस्ट्रार पोखरेल भन्नुहुन्छ, ‘हामीले धनराज गुरुङ भन्ने मान्छे तपाईंको संस्थाको कर्मचारी वा कोष सञ्चालन गर्ने वा रकम संकलन गर्ने बजार प्रतिनिधि वा चेक काटेर भुक्तानी दिने कुनै कर्मचारी हो ? भनेर प्रश्न गरेका थियौँ । उजुरीकर्ताले धनराज गुरुङ तीमध्ये कोही पनि होइन भनेपछि सरोकार नै नभएको व्यक्तिलाई सिफारिस गर्न सकिँदैन भनेर उहाँ लगायतकाे नाम काटेका हौँ ।’ उक्त छानबिनले १२ करोड ५० लाख हिनामिना भएको पुष्टि गरेको थियो । उक्त हिनामिनामा धनराज गुरुङको कुनै भूमिका नरहेको निष्कर्ष समेत निकालेको थियो ।

आरोपी ज्योति धनराजकी पूर्वश्रीमती हुनुहुन्छ । ज्योति ०५७ मा मितेरी सहकारीमा बचत संकलकका रूपमा प्रवेश गर्नुभएको थियो । ०७० मा सहकारीको कोषाध्यक्ष बन्नु भएकी उहाँ फरार हुनुअघिसम्म महाप्रबन्धक पदमा कार्यरत हुनुहुन्थ्यो । २९ फागुन ०७६ मा धनराजसँग सम्बन्धविच्छेद गर्नुअघि उहाँले धनराजकै नाममा पनि ऋण झिकेको हाल सिआइबीको अनुसन्धानमा खुल्न आएको स्रोतले बताएको छ । उक्त ऋण केही महिना पहिले चुक्ता गरेको सहकारीका अध्यक्ष गुरुङले समेत बताउनु भएको छ ।

सामाजिक संजालमा फेक फोटो

सामाजिक संजालमा भाइरल भएको तस्वीर फेक भएको पाइएको छ । नेपाली काङ्ग्रेसका उपसभापति र पूर्वश्रीमती भन्दै प्लेनमा यात्रा गर्दै गरेको भाइरल तस्बिर फेक भएको पाइएको हो । नेपाली काङ्ग्रेसका नेता प्रकाश रसाइली र धनराज गुरुङ यात्रा  गरेको तस्बिरमा कोमल रानी भन्ने फेसबुकबाट तानेर जोडेको प्रष्ट देख्न सकिन्छ । यस्तो छ फेक तस्वीर र सक्कली तस्वीर

के हो छोडपत्र ?

लामो समयदेखि परिवारमा आएको बेमेलका कारण २९ फागुन ०७६ मा धनराज गुरुङ र ज्योति गुरुङको सम्बन्ध बिच्छेद भएको थियो । गुरुङ भन्नुहुन्छ “आफिसको काम छ भन्दै हिड्न थालेपछि झनै दुरी बढ्दै गयो र औपचारिक रूपमा अलग भएर बसेका हौ ।”

कानुनले के भन्छ

सहकारीको रकम अपचलन फौजदारी अभियोग अन्तर्गत पर्दछ । फौजदारी अभियोगमा जसले गल्ती गर्छ उसैले सजायको भागिदार हुने उल्लेख छ । छोडपत्र नभएपनी जसले अपराध गरेको छ उहिँ सजायको भागिदार हुने कानुनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय