गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त

२०८१ भाद्र ३१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३१ भदौ । गरिमा विकास बैंक लि. को नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त हुनु भएको छ ।

गरिमा विकास बैंक लिमिटेडको आज बसेको बैंठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

उहाँ गरिमा विकास बैंक लिमिटेडमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आउनु भएको छ ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको छ ।

बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहनुभएका अनिल रेग्मीसँग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ब्त्ः मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय