गरिमा क्यापिटलद्वारा आयोजित “बम्पर दशै तिहार अफर” 

२०८१ आश्विन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ , ३ असोज। गरिमा क्यापिटल लिमिटेडमा  “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा दशै, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटलले “बम्पर दशै तिहार अफर” संचालनमा ल्याएको  छ ।

गरिमा क्यापिटल लिमिटेडले बडा दशै, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्मका लागी “बम्पर दशै तिहार अफर” आयोजना गरेको हो ।

गरिमा क्यापिटलमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकवर्गहरुले स्मार्ट वाच (Smartwatch)  जित्न सक्नुहुनेछ । यसको लागि  २०८१  असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्न पर्ने गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई जानकारी दिनुभयो ।

ग्राहकवर्गहरुले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटलको वेवसाईट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय