वालिङमा अवैध माछा सहित जनप्रतिनिधि पक्राउ

२०८१ आश्विन ५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ५ असोज । वालिङ नगरपालिका वाड नं १३ का वडा सदस्य दिपक जिटिलाई करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ ।

गए राती जिटि सहित पाँच जनालाई वालिङ १ रामवाच्छावाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । करेन्ट लगाई माछा मारिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङवाट पहरी हवल्दार सहितको टोलीले उनीहरुलाई माछा मार्न प्रयोग भएको सामाग्री, माछा र गाडी सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

जिटि नेकपा एमालेवाट निर्वाचित जनप्रतिनिधि हुन् । उनलाई पटक पटक पक्राउ गर्दै छाडिएको समेत वुझिएको छ । भने अन्य ४ जना रौतहट जिल्लाका वालिङमा पेन्टर काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारवाहीको लागि म्याद थप गरि अनुसन्धान अगाडि वढाउने तयारी गरेको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय