काठमाडौं, ७ असोज । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना हुनुभएकाे छ । उहाँ आइतबार साँझदेखि वीर अस्पतालमा राखिएको साइबर ब्युरो प्रमुख नविन्द अर्यालले जानकारी दिनुभयाे।
‘चिकित्सकको सिफारिसका आधारमा उहाँलाई अस्पताल राखिएको हो’, उहाँले भन्नुभयाे । काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।