स्याङ्जामा ३ सय ३० डेंगी बिरामी

२०८१ आश्विन ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा ,८ असोज। गण्डकी प्रदेशमा ९ महिनामा ९ हजार भन्दा बढी डेंगीका बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री कृष्ण पाठकले संसद्लाई जवाफ दिँदै पुसदेखि हालसम्मको विवरण पेस गरेका हुन् । उनका अनुसार यो अवधिमा ९ हजार ९४ जनालाई डेंगी पुष्टि भएको छ ।

सबैभन्दा बढी कास्कीमा ४ हजार ५ सय ५२, तनहुँमा २ हजार ३ सय ४७, पर्वतमा ८ सय १६, गोरखामा ४ सय १० जना बिरामी छन् । यस्तै, स्याङ्जामा ३ सय ३०, बागलुङमा ३ सय १८, म्याग्दीमा १ सय १७, नवलपुरमा १ सय ५, लमजुङमा ९४, मुस्ताङमा ३ जना बिरामी छन् । मनाङमा हालसम्म बिरामी भेटिएका छैनन् ।

पालिकाका हिसाबले पोखरामा सबैभन्दा बढी बिरामी छन् । पोखरामा ४ हजार ४ सय ३३, आँबुखैरेनीमा १ हजार ३ सय ८, कुश्मामा ७ सय ९४, व्यासमा ६ सय ३०, गोरखामा ३ सय २९, शुक्लागण्डकीमा २ सय ४६, बागलुङमा २ सय २९ र बेनीमा १ सय १२ बिरामी छन् ।

हालसम्म ६ जना डेंगी बिरामीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय