कैलाली ,८ असोज । बसको ठक्करबाट गौरीगङ्गा नगरपालिका–९ मसुरियामा सुपप्र ०१–००१ क २४६४ नम्बरको बसले ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८४ वर्षीय हर्कबहादुर बम रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयाे ।
सोमबार साँझ सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएकाे थियाे ।
उहाँको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बस र चालक गौरीगङ्गा–९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।